नियम १३क
रिक्त पदको विवरण
रिक्त रहेका र चालू आर्थिक वर्ष भरिमा उमेरका आधारमा अनिवार्य अवकाश हुने राजपत्र अनङ्कित निजामती
कर्मचारीहरुको विवरण तयार गरी सम्बन्धित विभागीय प्रमुख वा कार्यालय प्रमुखले सो विवरण सम्बन्धित कार्यालय, जिल्ला प्रशासन
कार्यालय र जिल्ला विकास समितिको कार्यालयको सूचना पाटीमा प्रकाशन गरी पदपूर्तिको लागि साउन महिनाको पन्ध्र गतेसम्ममा
लोक सेवा आयोगमा पठाउनु पर्नेछ ।